• मंगलबार, कार्तिक १८ २०८३ | Tuesday 3rd November 2026

चीन र भारतसँगको सम्बन्धमा हेलचेर्क्याइँ, गैरजिम्मेवारी र हीनताबोध नगरौं : नारायणकाजी


  • शान्ति नेपाल
  • मंगलबार, कार्तिक १८ २०८३

  • नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले चीन र भारतसँग समान तथा सुमधुर सम्बन्ध कायम गर्नुपर्ने बताएका छन् ।
  • काठमाडौंमा आयोजित सेमिनारमा बोल्दै उनले सरकारलाई चीन र भारतसँगको सम्बन्धमा हेलचेर्क्याइँ, गैरजिम्मेवारी र हीनताबोध प्रदर्शन नगर्न आग्रह गरे ।
  • श्रेष्ठले नेपालको राष्ट्रिय सार्वभौमिकता, भौगोलिक अखण्डता र राष्ट्रिय हितलाई केन्द्रमा राखेर स्वतन्त्र परराष्ट्र नीति अपनाउनुपर्नेमा जोड दिए ।

    १७ कात्तिक, काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले चीन र भारतसँग समान तथा सुमधुर सम्बन्ध कायम गर्नुपर्ने बताएका छन् ।

    अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भारतको नयाँ दिल्लीमा ‘भारत विरोधी राष्ट्रवादको युग अन्त्य भएको’ भन्दै दिएको अभिव्यक्तिको आलोचना गर्दै उनले सो धारणा राखेका हुन् ।

    काठमाडौंमा सोमबार आयोजित एक सेमिनारमा बोल्दै उनले सरकारको नेतृत्व गरिरहेकाहरुले कुनै दिन चीन गएर चीनसँगको सुमधुर सम्बन्ध राष्ट्रवादको एक आधार हो भन्ने युगको अन्त्य भयो भन्ने हुन् कि भन्ने डर लागिरेहको टिप्पणीसमेत गरे ।

    पूर्व उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री समेत रहेका श्रेष्ठले चीन र भारत दुवैसँगको सम्बन्धमा कुनै प्रकारको हेलचेर्क्याइँ, गैरजिम्मेवारी र हीनताबोध प्रदर्शन गर्न नहुने बताए ।

    नेपालको राष्ट्रिय सार्वभौमिकता, भौगोलिक अखण्डता, स्वाधीनता, स्वाभिमान र राष्ट्रिय हितलाई केन्द्रमा राखेर स्वतन्त्र परराष्ट्र नीति अवलम्वन गर्नुपर्नेमा उनले जोड दिए ।

    नेता श्रेष्ठले वर्तमान सरकारले नेपालको स्वतन्त्र र असल परराष्ट्र नीतिलाई निरन्तरता दिनुपर्ने भएपनि त्यस दिशामा अघि बढिरहेको नदेखिएको टिप्पणी गरे ।

    उनले नेपालको राष्ट्रिय हित र सार्वभौमिकताको रक्षा नै परराष्ट्र नीतिको प्रमुख आधार हुनुपर्नेमा जोड दिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

ताजा अपडेट

© 2026 All right reserved to shantinepal.com  | Site By : SobizTrend