शान्ति नेपाल
?????? ?????? ??????? ?????? ?????????? ??????????????? ?? ?????
????????, ? ??? :
?????? ?????? ??????? ???????? ??????????? ????? ?????? ?????????? ??????????????? ?? ???? ????? ? ?????? : ??????? ?????/????
काठमाडौं । प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले आफ्नो नाम जोडेर अमेरिकामा घुस दिएको विषयमा प्रकाशित समाचार आधारहीन र कपोलकल्पित भएको बताएका छन्।बिहीबार विज्ञप्ति जारी गर्दै उनले ‘दियो पोस्ट’ लगायतका सञ्चारमाध्यममा बिचौलिया इनम सापकोटासँग आफ्नो नाम जोडेर समाचार आएको भन्दै आश्चर्य र स्तब्धता व्यक्त गरेका हुन्।
समाचारमा उल्लेख गरिएका व्यक्ति र प्रसंगसँग आफ्नो कुनै संलग्नता नरहेको उनको भनाइ छ। सम्बन्धित व्यक्तिहरूसँग प्रत्यक्ष वा परोक्ष चिनजान र सम्पर्कसमेत नरहेको तथा उनीहरूलाई कहिल्यै नभेटेको शर्माले विज्ञप्तिमा उल्लेख गरेका छन्।
समाचारमा उल्लेख गरिएका नोभेम्बर, डिसेम्बर र जनवरीका घटनासँग आफ्नो नाम जोडिएको प्रसंगमा उनले आपत्ति जनाएका छन्। त्यस्ता समाचार आधारहीन, झुटा र जनतामा भ्रम फैलाउने उद्देश्यले प्रकाशित गरिएको भन्दै उनले त्यसको भर्त्सना गरेका छन्।
प्रधानन्यायाधीश शर्माले उक्त समाचारको भ्रममा नपर्न सर्वसाधारणलाई आग्रहसमेत गरेका छन्।
© 2026 All right reserved to shantinepal.com | Site By : SobizTrend