• बुधबार, कार्तिक १९ २०८३ | Wednesday 4th November 2026

सोलुखुम्बुमा दुई हेलिकोप्टर ठोक्किए, एकजनाको मृत्यु


  • शान्ति नेपाल
  • मंगलबार, कार्तिक १८ २०८३

जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका अनुसार दुर्घटनामा एक विदेशी नागरिकको मृत्यु भएको र एक जना घाइते भएका छन् ।

  • सोलुखुम्बुको फेरिचे हेलिप्याडमा ल्याण्डिङ गर्ने क्रममा फिस्टेल र डायनेस्टी एयरका दुई हेलिकोप्टर ठोक्किँदा एक विदेशी पर्यटकको मृत्यु भएको छ ।
  • दुर्घटनामा अर्का एक जना घाइते भएका छन् ।
  • नेपाल नागरिक उड्डयन प्राधिकरणले पंखा ठोक्किएको जानकारी आएको र त्यसबारे थप बुझ्ने प्रयास भइरहेको जनाएको छ ।

    १७ कात्तिक, काठमाडौं । सोलुखुम्बुमा दुईवटा हेलिकोप्टर ठोक्किँदा एक जनाको मृत्यु भएको छ । अर्का एक जना घाइते भएका छन् ।

    जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक मौसम तामाङले दुर्घटनामा एक विदेशी नागरिकको मृत्यु भएको र एक जना घाइते भएको जानकारी दिएका हुन् ।

    फिस्टेल र डायनेस्टी एयरका हेलिकोप्टर फेरिचे हेलिप्याडमा ल्याण्डिङको क्रममा ठोक्किएर दुर्घटना भएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

    प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले फेरिचे हेलिप्याडमा अवतरणको क्रममा दुई हेलिकोप्टरको पंखा ठोक्किएको जानकारी आएको र त्यसबारे थप बुझ्ने प्रयास भइरहेको जानकारी दिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

ताजा अपडेट

© 2026 All right reserved to shantinepal.com  | Site By : SobizTrend