शान्ति नेपाल
काठमाडौँ । बाढी पूर्वानुमान महाशाखाले चक्रवात अर्नबको सम्भावित प्रभावसम्बन्धी प्रमुख राजमार्गहरूमा पहिरोको जोखिम आकलन तथा पूर्वसूचना जारी गरेको छ।
शनिबार जारी गरिएको यस सूचनाअनुसार शुक्रबारदेखिको निरन्तर वर्षाको आधारमा माथि गोलाकारभित्र देखिएका मुख्य सवारी मार्गहरूमा पहिरोको उच्च जोखिम देखिएको हो । तालागाउँ, पूर्व-पश्चिम राजमार्गको दाउन्ने सडक खण्ड तथा वीपी राजमार्गअन्तर्गतको रोशी गाउँपालिकाभित्र पर्ने सडक खण्डमा पहिरोको उच्च जोखिम देखिएको हुनाले सवारी गर्दा उच्च सजगता अपनाउन अनुरोध छ।
यो सूचना हालको मौसम पूर्वानुमान तथा प्रारम्भिक आकलनमा आधारित छ। मौसमी अवस्थामा हुने परिवर्तनअनुसार जोखिमको स्वरूप फेरिन सक्ने भएकाले सम्बन्धित सबै निकाय तथा सर्वसाधारणले आधिकारिक सूचनालाई निरन्तर अनुसरण गर्न अनुरोध छ।

© 2026 All right reserved to shantinepal.com | Site By : SobizTrend