शान्ति नेपाल
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले भक्तपुर मध्यपूर थिमि नगरपालिका प्रमुख प्रशासकीय अधिकृतलाई नियन्त्रणमा लिएको छ।
सोमबार अपरान्ह्र प्रमुख प्रशासकीय अधिकृत भोजराज घिमिरेलाई घुस सहित नियन्त्रणमा लिइएको हो।
‘प्रमुख प्रशासकीय अधिकृतलाई नियन्त्रणमा लिएको छ। रकम हेर्ने काम भइरहेको छ,’अख्तियारका स्रोतले सेतोपाटीसँग भन्यो।
अख्तियार स्रोतका अनुसार प्रमुख प्रशासकीय अधिकृत घिमिरेलाई ३० लाख रुपैयाँ भन्दा बढी घुस लिइरहेको अवस्थामा रंगेहात पक्राउ गरिएको हो।हाल अख्तियारको टोलीले घटनास्थलमै बरामद रकमको गणना गर्ने तथा मुचुल्का उठाउनेलगायतका कानुनी प्रक्रिया अगाडि बढाइरहेको छ।
यस विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट थप विवरण आउन बाँकी छ।
© 2026 All right reserved to shantinepal.com | Site By : SobizTrend