शान्ति नेपाल
भारतका विदेश सचिव विक्रम मिस्री नेपालको दुई दिने भ्रमणमा आउन लागेका छन्।
सोमबार परराष्ट्र मन्त्रालय र भारतको विदेश मन्त्रालयले छुट्टाछुट्टै प्रेस विज्ञप्ति जारी गरी भारतीय विदेश सचिव मिस्रीको नेपाल भ्रमणबार जानकारी दिएका छन्।
परराष्ट्र मन्त्रालयले जारी गरेको सूचनामा विदेश सचिव मिस्री कात्तिक १८ गते नेपाल आउँदै छन्। उनी परराष्ट्र सचिव अमृतबहादुर राईको निमन्त्रणमा दुई दिने औपचारिक भ्रमणका लागि नेपाल आउन लागेका हुन्।
मिस्रीको भ्रमणका क्रममा परराष्ट्र सचिव राईसँग भेटवार्ता हुनेछ। त्यस्तै, नेपाल–भारत सम्बन्धका समग्र आयामको समीक्षा र दुई देशबीचको सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा छलफल हुने जनाइएको छ।
नेपाल भ्रमणका क्रममा मिस्रीले उच्च पदस्थ अधिकारीहरूसँग पनि शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम रहेको छ। उनी कात्तिक १९ गते दिल्ली फिर्ता हुनेछन्।
© 2026 All right reserved to shantinepal.com | Site By : SobizTrend