• मंगलबार, कार्तिक १८ २०८३ | Tuesday 3rd November 2026

चितवनको धारापानीमा ट्रक, बस र माइक्रोबस ठोक्किए, ११ जना घाइते


  • शान्ति नेपाल
  • मंगलबार, कार्तिक ११ २०८३

  • चितवनको इच्छाकामना गाउँपालिका–४ धारापानीमा ट्रक, बस र माइक्रोबस ठोक्किँदा ११ जना घाइते भएका छन्।
  • सर्लाहीदेखि काठमाडौं आउँदै गरेको बस, काठमाडौंबाट मुग्लिनतर्फ जाँदै गरेको ट्रक र बुटवलबाट काठमाडौं आउँदै गरेको माइक्रोबस बिहान ८:४५ बजे दुर्घटनामा परेका हुन्।
  • उद्धारका लागि सशस्त्र प्रहरी बलको ६६ जनाको टोली परिचालन गरिएको छ र घाइतेहरूलाई उपचारका लागि स्थानीय अस्पताल तथा ट्रमा सेन्टर लगिएको छ।

    १० कात्तिक, चितवन । पृथ्वी राजमार्ग अन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४, धारापानीमा ट्रक, बस र माइक्रोबस एकापसमा ठोक्किँदा ११ जना घाइते भएका छन् ।

    दुर्घटनामा सर्लाहीबाट काठमाडौं आउँदै गरेको बागमती प्रदेश ०३–००१ ख २७७७ नम्बरको बस, काठमाडौंबाट मुग्लिनतर्फ जाँदै गरेको प्रदेश १–०२–००२ ख ०६१६ नम्बरको ट्रक र बुटवलबाट काठमाडौं आउँदै गरेको बागमती प्रदेश ०३–००१ ज १२५९ नम्बरको माइक्रोबस आज बिहान ८:४५ बजे एकआपसमा ठोक्किएका हुन् ।

    दुर्घटनापछि उद्धारका लागि सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट ६६ जनाको टोली परिचालन गरिएको छ । घाइतेहरूलाई स्थानीय अस्पताल तथा कुरिनटारस्थित सशस्त्र प्रहरी बलको ट्रमा सेन्टरमा उपचारका लागि लगिएको सशस्त्र प्रहरी बल नेपालका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिएका छन् ।

    दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

ताजा अपडेट

© 2026 All right reserved to shantinepal.com  | Site By : SobizTrend