• मंगलबार, कार्तिक १८ २०८३ | Tuesday 3rd November 2026

करदाता प्रोत्साहन पुरस्कारका १६ विजेता आज घोषणा हुँदै


  • शान्ति नेपाल
  • सोमबार, कार्तिक १७ २०८३

काठमाडौं । आन्तरिक राजस्व विभागले कात्तिक महिनाको पहिलो पाक्षिक करदाता प्रोत्साहन पुरस्कार कार्यक्रमका विजेता आज घोषणा गर्ने भएको छ ।अर्थ मन्त्रालयस्थित सुवर्ण हलमा बिहान ९ः३० बजे हुने कार्यक्रममा कात्तिक १ देखि १५ गतेसम्मका १५ जना पाक्षिक विजेता र एक जना बम्पर विजेता गरी १६ जनाको नाम सार्वजनिक गरिने विभागले जनाएको छ ।

विजेता छनोट प्रक्रियामा नेपाल प्रिमियर लिग (एनपीएल) खेलिरहेका क्रिकेट खेलाडीसमेत सहभागी हुने विभागले जनाएको छ ।

विजेता घोषणा कार्यक्रमको समाचार सङ्कलनका लागि विभागले सञ्चारकर्मीलाई उपस्थित हुन आग्रह गरेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

ताजा अपडेट

© 2026 All right reserved to shantinepal.com  | Site By : SobizTrend