शान्ति नेपाल
चितवन, ७ असारः
सभापति लामिछाने-सम्बोधन
चितवनमा आजदेखि सुरु भएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम राष्ट्रिय महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्नुहुँदै पार्टी सभापति रवि लामिछाने। तस्बिरः प्रदीपराज वन्त/रासस
९ असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीभित्र गुटउपगुट बन्न लागेको भन्दै चिन्ता व्यक्त गरेका छन् । भर्खरै सुरु भएको बन्दसत्रलाई सम्बोधन गर्दै लामिछानेले गुटउपगुटले सही परिणाम नदिने बताएका हुन् ।
‘साथीहरू हामीसँग पनि गुटउपगुट यस्तै रह्यो भने हामीबाट आउने परिणाम पनि उस्तै हुन्छ । फरक आउँदैन,’ लामिछानेले भने, ‘फरक परिणाम निकाल्ने हो भने केही फरक गर्नैपर्छ ।’हिजोको शैलीले फरक परिणाम निकाल्ने दिवास्वप्न कसैले नसोच्न उनले आग्रह गरे ।
उनले गलत मनशायका साथ प्रतिनिधि ल्याइएको हुनसक्ने पनि आशंका व्यक्त गरे । ‘यदि गलत तरिकाले कसैले तपाईँलाई यो हलसम्म ल्याइदिएको छ भने त्यो कुरा त्यही रोक्नुस् । कसै मित्रले यहाँ सम्म महाधिवेशन प्रतिनिधि बनाएर ल्याएको छ भने उसलाई धन्यवाद दिनुहोला, भोट चाहिँ राम्रालाई दिनुहोला,’ उनले भने ।
© 2026 All right reserved to shantinepal.com | Site By : SobizTrend