• बुधबार, कार्तिक १९ २०८३ | Wednesday 4th November 2026

स्वास्थ्य बीमाका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गर्न परिपत्र


  • शान्ति नेपाल
  • सोमबार, कार्तिक १७ २०८३

सरकारले स्वास्थ्य बीमा कार्यक्रमका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गर्न स्थानीय सरकारलाई परिपत्र गरेको छ।

भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको प्रदेश तथा स्थानीय तह समन्वय शाखाले परिपत्र गरेको हो। पत्रमा स्वास्थ्य बीमा कार्यक्रमका लागि राष्ट्रिय परिचपत्र अनिवार्य कार्यान्वयनमा ल्याउन भनिएको छ।

स्वास्थ्य बीमा बोर्डले आउँदो पुस १ गतेदेखि स्वास्थ्य बीमा कार्यक्रममा नयाँ आवद्धता तथा नवीकरण गर्न र स्वास्थ्य बीमा सेवा प्राप्त गर्न राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने निर्णय गरेको छ। त्यसका लागि प्रदेश तथा स्थानीय तह समन्वय शाखाले पत्र पठाएर अनिवार्य गर्न भनेको हो।

यसबारे सर्वसाधारणलाई सचेत गराउन पनि स्थानीय तहलाई आग्रह गरिएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

ताजा अपडेट

© 2026 All right reserved to shantinepal.com  | Site By : SobizTrend