• सोमबार, भाद्र २९ २०८३ | Monday 14th September 2026

बारामा १३ किलो गाँजासहित एक महिला पक्राउ!!!


  • शान्ति नेपाल
  • बिहिबार, फाल्गुन २९ २०८१

काठमाडौं । बारा प्रहरीले ठुलो परिमाणको लागुऔषध गाँजासहित एक जना महिलालाई नियन्त्रणमा लिएको छ ।  विशेष सूचनाको आधारमा गरिएको जाँचका क्रममा प्रहरीले जितपुर सिमराबाट एक जना महिलालाई १३ किलो लागु औषध गाँजासहित पक्राउ गरेको हो ।

हेटौँडाबाट वीरगन्जतर्फ आउँदै गरेको ना ८ ख ६०६१ नं.को यात्रुवाहक माइक्रोलाई रोकेर जाँच गर्दा उक्त गाडीबाट १३ किलो गाँजा बरामद भएको बारा प्रहरी प्रहरी ले बताएको छ।

अस्थायी प्रहरी पोस्ट रामवनबाट खटिएको प्रहरी टोलीले मकवानपुर राक्सिराङ गाउँपालिका वडा नम्बर–१ निवासी सुशीला गोलेलाई पक्राउ गरेको हो ।

पक्राउ परेकी गोलेलाई जिल्ला प्रहरी कार्यालयमा राखी आवश्यक कानुनी प्रक्रिया सुरु गरिएको बारा प्रहरीले जानकारी दिएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

ताजा अपडेट

© 2026 All right reserved to shantinepal.com  | Site By : SobizTrend