• मंगलबार, कार्तिक १८ २०८३ | Tuesday 3rd November 2026

२ अर्ब ४१ करोड भन्दा बढीका हुन्डी कारोबारी गुप्ता पुर्पक्ष का लागि जेल चलान!


  • शान्ति नेपाल
  • बुधबार, माघ २८ २०८२

{"tiktok_developers_3p_anchor_params":"{"pictureId":"253756C8-63A3-4089-BEE5-D748AA001AD1","source_type":"vicut","capability_name":"capcut_photo_editor","source_platform":"mobile_1","editType":"image_edit","os":"ios","client_key":"aw889s25wozf8s7e","region":"NP","enterFrom":"new_image","product":"vicut","appVersion":"16.6.0"}","data":{"editType":"image_edit","enterFrom":"new_image","appVersion":"16.6.0","pictureId":"253756C8-63A3-4089-BEE5-D748AA001AD1","client_key":"aw889s25wozf8s7e","os":"ios","capability_name":"capcut_photo_editor","product":"vicut","source_type":"vicut","region":"NP","source_platform":"mobile_1"},"source_type":"vicut"}

गैर कानुनी रूपमा २ अर्ब ४१ करोड रुपैयाँभन्दा बढीको हुन्डी कारोबार गरेको आरोपमा पक्राउ परेका वीरगन्जका एक व्यक्तिलाई पर्सा जिल्ला अदालतले पुर्पक्षका लागि जेल चलान गरेको छ!

वीरगन्ज महानगरपालिका–१ निवासी प्रशान्तकुमार गुप्ता गत १७ पुसमा पक्राउ परेका थिए!

प्रारम्भमा उनी तीन लाख ५९ हजार २५५ रुपैयाँसहित पक्राउ परेका थिए!

त्यसपछि प्रहरीले उनका विभिन्न बैंक खातामाथि अनुसन्धान अघि बढाएको थियो!

गुप्ताले  भारतको रक्सौलबाट नेपाली रुपैयाँ हुन्डीमार्फत नेपाल भित्र्याई विभिन्न बैंक खातामा जम्मा गर्ने र त्यसपछि अन्य व्यक्तिहरूको खातामार्फत रकम स्थानान्तरण गरी गैर कानुनी सम्पत्ति लुकाउने गरेका थिए!

उक्त कारोबार बैंकमार्फत उच्च परिमाणमा भएको देखिएपछि प्रहरीले गुप्ताविरुद्ध २ अर्ब ४१ करोड रुपैयाँभन्दा बढी बिगो दाबी गर्दै संगठित हुन्डी कारोबार तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा दायर गरेको थियो!
सोही मुद्दामा सुनुवाइ गर्दै पर्सा जिल्ला अदालतले उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो!!!

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

ताजा अपडेट

© 2026 All right reserved to shantinepal.com  | Site By : SobizTrend