• बुधबार, कार्तिक १९ २०८३ | Wednesday 4th November 2026

प्रधानमन्त्रीको भारत भ्रमण तयारी तीव्र, भारतले पठाउँदैछ प्रतिनिधि


  • शान्ति नेपाल
  • मंगलबार, कार्तिक १८ २०८३

काठमाडौँ । भारतका विदेश सचिव विक्रम मिश्रीले यही कात्तिक १८ र १९ गते नेपालको औपचारिक भ्रमण गर्ने भएका छन् ।प्रधानमन्त्री वालेन्द्र शाहको आसन्न भारत भ्रमणको तयारीका लागि मिश्री बुधबार काठमाडौँ आउन लागेका हुन् । प्रधानमन्त्री शाह मंसिर पहिलो साता भारत भ्रमणमा जाने तयारी छ ।

भ्रमणका एजेण्डामा साझा धारणा बनाउन मिश्री आउन लागेको हुन् ।

मिश्रीलाई परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईले मैत्रीपूर्ण निमन्त्रणामा बोलाएका हुन् ।

भ्रमणका क्रममा परराष्ट्र सचिव राईले भारतका विदेश सचिव मिश्रीग द्विपक्षीय छलफल गर्ने परराष्ट्र मन्त्रालय जनाएको छ । छलफलमा दुवै पक्षले नेपाल–भारत सम्बन्धका सम्पूर्ण पक्षको समीक्षा गर्नुका साथै आपसी हितका विषयमा विचार आदानप्रदान गर्नेछन् ।

यसबाट दुवै देशबीच लामो समयदेखि रहिआएको घनिष्ठ र मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ बनाउने उद्देश्य रहेको छ ।

भ्रमणका क्रममा भारतका विदेश सचिव मिश्रीले नेपालका उच्चस्तरीय विशिष्ट व्यक्तित्वहरूसँग शिष्टाचार भेटघाटसमेत गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालय जनाएको छ । उनले प्रधानमन्त्री शाहलाई पनि भेट्नेछन् ।

विदेश सचिव मिश्री कात्तिक १९ गते काठमाडौंँबाट नयाँदिल्ली फर्किनेछन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

ताजा अपडेट

© 2026 All right reserved to shantinepal.com  | Site By : SobizTrend