शान्ति नेपाल
काठमाडौं । नेपाल फेस अनलाईन पत्रिकामा २०८० असोज १२ गते जनमत पार्टीको तर्फबाट नेपाल सरकार संघिय मामिला तथा सामान्य प्रशाासन मन्त्रालय को जिम्बेवारी सम्हालिरहेकी मन्त्री अनितादेवी शाह र हरेन्द्र चौधरी मिलेर अनियमितता गरेको आरोप लगाउँदै संप्रेशण गरिएको समाचारको खण्डन गरिएको छ ।
पुन असोज १३ गते सोहि अनलाईन बाट यो समाचारको खण्डन भएको दखिन्छ ।
जनमत पार्टीका प्रवक्ता डा. शरदसिंह यादवल जनमत पार्टीकी नेतृ अनितादेवी साहले चलाएको संघीय मामिला मन्त्रालयमा विकृति र अनियमिता हँुदै नभएकोे दाबी गरेका छन् । पार्टीको उद्देश्य नै देशमा सुशासन कायम गर्ने र भ्रष्टाचारलाई शून्य गर्ने भएकाले पार्टीको मिसन र लक्ष्य अनुसार नै मन्त्रालय चलाउने काम भइरहेको जनमत पार्टीका प्रवक्ताले जनाएका छन् ।
‘हाम्रो पार्टी सुशासन कायम गर्ने र भ्रष्टाचार निमिट्यान्न गर्ने नारा दिएर स्थापना भएको हो । हाम्रो जग नै यही हो’ जनमत पार्टीका प्रवक्ता डा. शरदसिंह यादवले भने–‘त्यसैले हामीले चलाएको मन्त्रालयमा भ्रष्टाचार र अनियमितता हुने कल्पना समेत हामीले गर्दैनौं । भ्रष्टाचार र अनियमिता निमिट्यान्न गर्ने अभियानमा हामी लागेका छौं ।’
संघीय मामिला मन्त्रालयमा मन्त्रीको सचिवालयको संलग्नताबाटै अनियमितता भएको भनी केही अनलाइनहरूमा आएको समाचार पूर्णरुपमा कपोलकल्पित र असत्य भएको दाबी उनले गरेका छन् ।
‘अनधिकृत व्यक्तिहरूले मन्त्रीको नाम जोडेर मन्त्रालय बाहिर कहीँ कतै कसैसँग भेट गर्ने अथवा केही स्वार्थ लिन सक्छन् । त्यसैले अनधिकृत व्यक्तिले गरेको कामलाई लिएर मन्त्रीसँग जोड्न मिल्दैन’ यादवले भने–‘मन्त्रीज्यूको सचिवालयका आधिकारिक व्यक्ति र उहाँको परिवारका सदस्यहरू कोही पनि अनियमतिामा लाग्दै लागेका छैनन् । यो शतप्रतिश सत्य हो ।’
जनमत पार्टी कानुन र बिधि अनुसार चल्ने पार्टी भएको दावी गर्दै उनले भनेका छन्–‘हामी विधि अनुसार चल्छौं । भ्रष्टाचारको हामी कल्पनासम्म पनि गर्न सक्दैनौं । त्यसैले हामीले चलाएको मन्त्रालयबाट एक रुपैयाँ बरारबर पनि अनियमिता हुन दिंदैनौं । यसमा हामी सचेत छौं । अझ भनौं भने यस विषयमा हाम्रो पार्टी अध्यक्षज्यू अझ गम्भीर हुनुहुन्छ ।’
© 2026 All right reserved to shantinepal.com | Site By : SobizTrend