शान्ति नेपाल
कोशी प्रदेश सरकारले आर्थिक वर्ष २०८०/ ८१ को नीति तथा कार्यक्रम बुधाबार प्रदेशसभामा प्रस्तुत गर्दैछ।
सरकारले अध्यादेशबाट बजेट ल्याउने तयारी गरिरहँदा आर्थिक वर्ष २०८०/८१ को वार्षिक नीति तथा कार्यक्रमलाई आज छलफलका लागि प्रदेश सभामा लैजाने निर्णय गरेको हो।
प्रदेश सरकारको मन्त्रिपरिषद्को बैठकले वार्षिक नीति तथा कार्यक्रमलाई छलफलका लागि स्वीकृत गर्दै प्रदेशसभामा प्रदेश प्रमुख परशुराम खापुंग समक्ष अनुरोध गर्ने सरकारका प्रवक्ता तथा उद्योग कृषि तष सहकारी मन्त्री भक्ति सिटौलाले बताएका छन्।
© 2026 All right reserved to shantinepal.com | Site By : SobizTrend