शान्ति नेपाल
चितवन । रास्वपा सहप्रवक्ता एवम् सांसद रमेश प्रसाईंले केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गरेका छन् ।
महाधिवेशनस्थल भरतपुरस्थित मिडिया सेन्टरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रसाईंले आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् । प्रखर वक्ताका रुपमा परिचित प्रसाईं स्थापनाकालदेखि नै रास्वपामा सक्रिय छन् । मेरो उम्मेदवारी पहिले केन्द्रीय सदस्यमा रहन्छ’, उनले भने ‘दोस्रो चरणमा हुने पदाधिकारी निर्वाचनमा सहमहामन्त्रीमा उम्मेदवारी दिने छु ।’रास्वपा महाधिवेशन अन्तर्गत बन्दसत्र सन्चालनमा भइरहेको ढिलाइबारे नेता प्रसाईंले पहिलो पटक यति ठूलो महाधिवेशन आयोजना गर्दा केही त्रुटि भएको र यसलाई सामान्य रुपमा लिुनपर्ने उल्लेख गरे ।
© 2026 All right reserved to shantinepal.com | Site By : SobizTrend