शान्ति नेपाल
काठमाडौं । साताको कारोबारको अन्तिम दिन आज (शुक्रबार) सुनचाँदीको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन तोलामा १ हजार २०० रुपैयाँले बढेको हो । जस अनुसार आज छापावाला सुन २ लाख २२ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।
यसैगरी चाँदी शुक्रवार तोलामा २ हजार ७४० रुपैयाँ पुगेको छ । यसअघि बिहीबार चाँदी तोलामा २ हजार ६८५ रुपैयाँ थियो ।
© 2026 All right reserved to shantinepal.com | Site By : SobizTrend