• बुधबार, कार्तिक १९ २०८३ | Wednesday 4th November 2026

इजरायली बन्धकलाई मानव ढालको रूपमा प्रयोग नगर्न हमासलाई ट्रम्पको चेतावनी


  • शान्ति नेपाल
  • मंगलबार, भाद्र ३१ २०८२

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गाजामा रहेका इजरायली बन्धकहरूलाई मानव ढालको रूपमा प्रयोग नगर्न हमास समूहलाई चेतावनी दिएका छन्।

राष्ट्रपति ट्रम्पले हमासले युद्धमा मानिसहरूलाई प्रयोग गरिरहेको भन्दै तीब्र आक्रोश व्यक्त गरेका हुन् । हिजो सामाजिक सञ्जाल मार्फत उनले हमासले गाजाको आक्रमण रोक्नका लागि इजरायली बन्धकहरूलाई एक ठाउँबाट अर्को ठाउँमा सारिरहेको भन्दै त्यसो गरे हमाससँगका सबै सर्तहरू समाप्त हुने समेत चेतावनी दिए ।

उनले सबै बन्धकहरूलाई तत्काल मुक्त गर्न पनि आग्रह गरेका छन् । इजरायलले कतारमा हमासका नेताहरूमाथि गरेको आक्रमणपछि ट्रम्पको यो भनाइ आएको हो । यद्यपी अमेरिकी प्रस्तावमा भइरहेको बन्धक मुक्तिको वार्तामा संलग्न नेताहरूमाथि इजरायली आक्रमणको ट्रम्पले विरोध गरेका छन् । आक्रमणमा पाँच जना हमास सदस्य र एक जना कतारी सुरक्षाकर्मीको ज्यान गएको थियो ।

पछिल्ला दिनमा इजरायलले गाजा सिटी खाली गर्न नागरिकहरूलाई बाध्य बनाइरहेको छ । त्यहाँ लगातार विद्यालय, अस्पताल र आवासीय भवनहरू लक्षित आक्रमणहरु भइरहेको छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

ताजा अपडेट

© 2026 All right reserved to shantinepal.com  | Site By : SobizTrend