• बुधबार, कार्तिक १९ २०८३ | Wednesday 4th November 2026

बागमतीका मुख्यमन्त्री लामाले राजीनामा दिएका चार मन्त्रीलाई गरे बर्खास्त


  • शान्ति नेपाल
  • शनिबार, साउन १० २०८२

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले कांग्रेसकै चार मन्त्रीलाई बर्खास्त गरेका छन्।

मुख्यमन्त्री सिंहले आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछाने, युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जन, पर्यटन मन्त्री विमल ठकुरी र सहकारी मन्त्री मधुकुमार श्रेष्ठलाई शुक्रबार बेलुकी बर्खास्त गरेका हुन् ।

यी चारै मन्त्रीहरूले शुक्रबार दिउँसो नै राजीनामा बुझाएका थिए । उनीहरुले प्रत्यक्ष रूपमा मुख्यमन्त्रीसँग भेट नभएपछि ह्वाट्सएपमार्फत राजीनामा बुझाएको र मुख्यमन्त्रीलाई फोन गरेर जानकारी समेत गराएको दाबी गरेका थिए। मुख्यमन्त्री लामाले शुक्रबार बेलुका नै ती मन्त्रीहरूलाई बर्खास्त गरिएको पत्र प्रदेश प्रमुखको कार्यालयमा पठाइसकेका छन् ।

मुख्यमन्त्रीविरूद्ध अविश्वास प्रस्तावबारे उनीहरूले पनि हस्ताक्षर गरेको भन्ने पत्र मुख्यमन्त्रीसम्म पुगेपछि अनुशासनको कारबाही स्वरूप उनीहरूलाई बर्खास्त गरिएको बताइएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

ताजा अपडेट

© 2026 All right reserved to shantinepal.com  | Site By : SobizTrend