• बुधबार, कार्तिक १९ २०८३ | Wednesday 4th November 2026

सगरमाथा गोर्खा नेपाली यूथ कम्युनिटीले चुनदेवी माविलाई गर्यो ४० लाखको भवन हस्तान्तरण!!!


  • शान्ति नेपाल
  • बुधबार, चैत्र २० २०८१

२०८१ चैच २० गते ।

काठमाडौं । थानकोटस्थित चुनदेवी माध्यमिक विद्यालयलाई सगरमाथा गोर्खा नेपाली यूथ कम्युनिटी यूकेको आर्थिक सहयोगमानिर्माण गरिएको सानु तामाङ स्मृति भवन औपचारिक रूपमा हस्तान्तरण गरिएको छ ।

२०७२ सालको भूकम्पपछि विद्यालय भवन जीर्ण बनेपछि सगरमाथा गोर्खा नेपाली यूथ कम्युनिटीका संचालक चिरन राईको विशेषपहलमा पुनर्निर्माण कार्य अगाडि बढाइएको थियो । बेलायतमा रहेका नेपाली समुदायबाट संकलित करिब ४० लाख रुपैयाँकोआर्थिक सहयोगमा भवन निर्माण सम्पन्न भएको हो ।

बुधबार आयोजित एक विशेष समारोहमा सांसद् राजेन्द्रकुमार केसी, चन्द्रागिरि नगरपालिकाका मेयर घनश्याम गिरी र चिरन राईलेसंयुक्त रूपमा विद्यालयलाई भवन हस्तान्तरण गरे । कार्यक्रममा चन्द्रागिरि नगरपालिकाका प्रवक्ता एवं वडा अध्यक्ष कृष्णप्रसादखड्गी, नगर शिक्षा शाखा प्रमुख सुदनराज खनाललगायत स्थानीय जनप्रतिनिधिहरूको उपस्थिति थियो।

चिरन राईको नेतृत्वमा सञ्चालित यो अभियान विद्यालयका विद्यार्थीहरूका लागि सुरक्षित र गुणस्तरीय अध्ययन वातावरण उपलब्धगराउने महत्वपूर्ण पहल भएको छ। भवन निर्माण कार्यलाई सफल बनाउन तत्कालीन विद्यालय व्यवस्थापन समिति अध्यक्ष तथा युवासमाजसेवी इश्वर लामाले समन्वयकारी भूमिका खेलेका थिए ।

कार्यक्रमा विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरिनुका साथै विद्यालय भवन निर्माणमा योगदान र्पुयाउने व्यक्ति तथासंस्थाहरूलाई सम्मान गरिएको थियो । चिरन राईले आफ्नो सम्बोधनमा यूकेमा रहेका नेपाली समुदायको समर्थन र सहयोगकोप्रसंसा गर्दै नेपालमा आफूहरुले विद्यालय क्षेत्रमा गर्न पाएको सेवाले हर्षित भएको भन्दै गर्दै आगामी दिनमा पनि नेपालका शैक्षिकसंस्थाहरूको विकासका लागि निरन्तर काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

ताजा अपडेट

© 2026 All right reserved to shantinepal.com  | Site By : SobizTrend