• बुधबार, कार्तिक १९ २०८३ | Wednesday 4th November 2026

कार्साङ लामाको “आसना सार्दो ” रिमिक्स भर्जनमा भिडियो सहित बजारमा (भिडियो हेर्नुहोस)


  • शान्ति नेपाल
  • शनिबार, फाल्गुन १० २०८१

 

काठमाडौं । गायक तथा संगीतकार कार्साङ लामाले मौलिक भाका खान्दोके सेलोलाई रिमिक्स भर्जनमा भिडियो सहित बजारमा ल्याएका छन्। शुक्रवार उनको आफ्नै युट्युव च्यानल मार्फत बजारमा सार्वजानिक गरिएको उक्त गीतको भिडियोको बिषयमा अहिले सामाजिक सञ्जालमा बहस नै शुरु भएको छ ।

शुक्रबार सार्वजनिक गरिएको उक्त गीतमा शब्द बैरागी च्याङबाको रहेको छ भने आवाज उनै कार्साङ लामाको रहेको छ । गीतको भिडियोमा भने कार्साङ लामाको निर्देशनमा मोडल अम्बिका तामाङ, कार्साङ लामा लगायत सिङ्गो ब्याण्ड टिमलाई देख्न सकिनेछ ।
ब्याण्ड टिममा फिलिप सुनुवार, श्री शक्ति बराईली, निमा साङ्गे तामाङ, रुदिप सुनुवार लगायतलाई देख्न सकिनेछ ।
सिन्धुपाल्चोक क्षेत्रमा लोकप्रिय रहेको खान्दोके भाकालाई आधुनिक रक शैलिमा रिमिक्स गरेर नयाँ युवा पिडिलाई समेत यस गीतले आकर्षण गराउन सक्ने सम्भावना रहेको छ ।

भिडियोको दृश्यमा डम्फु र टुङ्नाको प्रयोग नगरेको देखे पनि भिडियोको अन्तमा यसरी हाम्रा मौलिक भाकालाई बिगार्न हुन्न भनेर डम्फु बजाएर मौलिकता झल्काउने प्रयास गरिएको छ । सामाजिक सञ्जाल फेसबुकमा जे जस्तो टिका टिप्पणी गरे पनि भिडियोको अन्तमा भने मौलिक भाकालाई बिगार्न र बिकृत बनाउन हुन्न भन्ने मिठो सन्देश दिन खोजिएको छ ।

(भिडियो हेर्नुहोस)

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

ताजा अपडेट

© 2026 All right reserved to shantinepal.com  | Site By : SobizTrend