शान्ति नेपाल
चैनपुर बझाङ।
जीप दुर्घटना हुँदा बझाङमा एकै परिवारका तीनसहित जिपमा सवार चार जनाको मृत्यु भएको छ । बिहीबार राति तलकोट गाउँपालिकाबाट सदरमुकाम चैनपुर जाने क्रममा धमेना नजिकै से १ ज ८४३ नम्बरको बोलेरो जीप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ।
तीन जनाको घटनास्थलमा र एक जनाको उपचारका लागि अस्पताल लैजाँदै गर्दा मृत्यु भएको हो । जीप चालक केदारस्यूँ गाउँपालिका-१ रायलका अन्दाजी ३३ वर्षीय शमशेर मल्ल, तलकोट गाउँपालिका-४ की ७२ वर्षीया जौमतीदेवी धामी र उनका छोरा ३६ वर्षीय बम्मबहादुर धामीको घटनास्थलमा नै मृत्यु भएको छ भने धामीकै नातिनी छ वर्षीया बालिका आकृति धामीको जिल्ला अस्पताल बझाङ लैजाने क्रममा मृत्यु भएको हो।
© 2026 All right reserved to shantinepal.com | Site By : SobizTrend