• मंगलबार, कार्तिक १८ २०८३ | Tuesday 3rd November 2026

रूपन्देही बाट जनकपुर जादै गरेको बस दुर्घटना तिन जनाको मृत्यू!!!


  • शान्ति नेपाल
  • बिहिबार, असार ७ २०८१

काठमाडौं : रुपन्देहीबाट जनकपुरतर्फ जाँदै गरेको बस बागमती नगरपालिकास्थित रायमाझी चोकमा आज बिहान दुर्घटनामा भएको छ। दुर्घटनामा रुपन्देहीका तीन जनाको मृत्यु भएको छ भने दर्जनौँ घाइते भएका छन् ।

पूर्वपश्चिम राजमार्गस्थित रायमाझी चोकमा रोकेर राखेको ट्रकमा  यात्रीबाहक बस ठोक्किँदा रुपन्देहीका ३ जनाको मृत्यु भएको ।

मृत्यू हुनेमा मायादेवी गाउँपालिका निवासी हरिबहादुर चौधरी, ८५ वर्षका दशरथ कोहार र ५० वर्षका रामकरण केवट भएको प्रहरीले जनाएको छ ।

बसमा ४० जना सवार रहेका प्रहरीले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते भएकाहरुको जनकपुर, वीरगञ्ज तथा स्थानीय अस्पतालमा उपचार भइरहेको छ!!!

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

ताजा अपडेट

© 2026 All right reserved to shantinepal.com  | Site By : SobizTrend