• सोमबार, भाद्र २९ २०८३ | Monday 14th September 2026

रवि लामिछाने लाई परिवारको जिम्मा लगाईयो, थुनछेक बहस भोलि!!!


  • शान्ति नेपाल
  • बुधबार, माघ ९ २०८१

बुटवल। रुपन्देही  जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई थुनामा राख्न नपर्ने आदेश दिएको छ । बुधवार अदालतले जिल्ला  प्रहरी कार्यालय  रुपन्देहीमा राख्न नपर्ने आदेश दिएको हो ।

न्यायाधीश प्रह्लादकुमार योगीको इजलासमा लिइएको बयान साँझ  सकिएपछि  भोली थुनछेक बहस हुने भएको छ । आदेशमा लामिछानेलाई भोलि बिहान  १०  बजे उपस्थित हुने  गरी कानुन व्यवसायी  र  परिवारको जिम्मा लगाइको  जिल्ला अदालत रुपन्देहीका श्रेस्तेदार  यज्ञमुर्ति  ज्ञवालीले बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

ताजा अपडेट

© 2026 All right reserved to shantinepal.com  | Site By : SobizTrend