शान्ति नेपाल
चितवनमा गोरुको मासुसहित तीन जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा धादिङको रुवी गाउँपालिका-५ का २८ वर्षीय शङ्कर तामाङ, चितवनको भरतपुर महानगरपालिका–१० का ४५ वर्षीय प्रतीक ठकुरी र कास्कीको पोखरा महानगरपालिका-११ का ३५ वर्षीय होम घिमिरे रहेका छन् ।
मुग्लिनबाट नारायणगढतर्फ आउँदै गरेको ना २ ह ३९६९ नंको अटोलाई जाँच गर्ने क्रममा गोरुको मासु फेला परेको हो । प्लाष्टिकको बोरामा लुकाइ मासु ल्याउँदै गरेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको हो ।
© 2026 All right reserved to shantinepal.com | Site By : SobizTrend