• सोमबार, भाद्र २९ २०८३ | Monday 14th September 2026

अभिभावकविहीन बालबालिकालाई कक्षा १२ सम्म निःशुल्क शिक्षा


  • शान्ति नेपाल
  • शुक्रबार, असार ३१ २०७९

पाल्पास्थित रिब्दीकोट गाउँपालिकाले अभिभावकविहीन बनेका बालबालिकालाई कक्षा १२ सम्म निःशुल्क शिक्षा दिने भएको छ ।

पालिकाभित्र शिक्षाबाट बञ्चितको सङ्ख्या घटाउन नीतिगतरूपमा व्यवस्था गर्न थालेको र अभिभावक गुमाएकै कारण आर्थिक बोझले विद्यालय शिक्षाबाट बञ्चित अवस्थाको अन्त्य गर्न निःशुल्क शिक्षा दिने गाउँपालिकाले जनाएको छ । अभिभावक गुमाएका तथा हराएका परिवारका सन्तानले विद्यालय शिक्षा पूरा नगरेको पाइएको छ।

अभिभावक गुमाएपछि आफन्त या अरुको आश्रय लिएर बस्नुपर्ने अवस्था छ ।छात्र सानै उमेरमा मजदुरी गर्न विभिन्न क्षेत्रमा पुग्ने गरेको पाइएको छ ।

कक्षा १२ सम्म आर्थिक अभाव भएका तथा अभिभावकविहीन परिवारका सदस्यलाई केन्द्रित गरी सहयोग गर्न खोजिएको गाउँपालिकाले जनाएको छ । पालिकामा अभिभावकविहीन बालबालिकाको तथ्याङ्क सङ्कलनसमेत गर्न थालिएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

ताजा अपडेट

© 2026 All right reserved to shantinepal.com  | Site By : SobizTrend