शान्ति नेपाल
शोभियत संघका अन्तिम राष्ट्रपति मिखाइल गोर्बाचेभको निधन भएको छ ।लामो समयदेखि बिरामी रहेका मिखाइलको ९१ वर्षको उमेरमा निधन भएको हो ।
मिखाइलले रक्तपात विना शीतयुद्धलाई अन्त्य गरेका थिए तर उनले शोभियत संघ पतन हुनबाट भने रोक्न सकेका थिएनन् ।मिखाइल शोभियत संघमा सन् १९९०–९१ सम्म राष्ट्रपति रहेका थिए, उनी अन्तिम राष्ट्रपति हुन् । सन् १९८५ मा मिखाइल शोभियत संघको नयाँ नेता चुनिएका थिए ।
उनी १९८५–१९९१ सम्म शोभियत संघको कम्युनिस्ट पार्टीका महासचिव थिए ।सन् १९८८–१९८९ सम्म उनी सुप्रिम शोभियतको प्रसिडियमको अध्यक्ष रहेका थिए । १९८९–१९९० सम्म उनी सुप्रिम शोभियतको अध्यक्ष रहेका थिए ।नोबेल पुरस्कार समितिले मिखाइललाई सन् १९९० मा शान्ति पुरस्कारबाट सम्मानित गरेको थियो ।
© 2026 All right reserved to shantinepal.com | Site By : SobizTrend