• बुधबार, भाद्र ३१ २०८३ | Wednesday 16th September 2026

आगामी चुनावका लागि थप १५ हजार म्यादी प्रहरी भर्ना गरिने


  • शान्ति नेपाल
  • सोमबार, भाद्र १३ २०७९

सरकारले आउँदो मंसिर ४ गते हुने संघीय चुनावका लागि थप १५ हजार जना म्यादी प्रहरी भर्ना गर्ने भएको छ ।

आसन्न चुनावमा मतदानस्थल र मतदाता सङ्ख्या बढ्ने भएकाले पालिकाको चुनावमा भन्दा धेरै म्यादी प्रहरी भर्ना गर्न लागिएको हो । वैशाख ३० मा सम्पन्न भएको स्थानीय चुनावमा एक लाख जना म्यादी प्रहरी भर्ना भएका थिए ।नेपाल प्रहरीले प्रदेश र प्रतिनिधि सभाको चुनावमा १ लाख २० हजार जना म्यादी प्रहरी भर्नाको प्रस्ताव गरेको भए पनि अर्थ मन्त्रालयले पाँच हजार घटाएर बजेटको सुनिश्चितता गरेको हो ।

सुरक्षा निकायलाई बजेट तय गरी अर्थले त्यससम्बन्धी पत्र हिजो गृह मन्त्रालयमा पठाएको छ । जसअनुसार १ लाख १५ हजार म्यादी प्रहरी ४० दिन खटिँदा लाग्ने झण्डै ६ अर्ब रुपैयाँ बजेटको सुनिश्चितता दिइएको छ ।यसपटक सरकारी कर्मचारी तथा कैदीले पनि मतदान गर्न पाउने भएकाले मतदानस्थल र मतदान केन्द्र बढ्ने निर्वाचन आयोगले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

ताजा अपडेट

© 2026 All right reserved to shantinepal.com  | Site By : SobizTrend