शान्ति नेपाल
भारतको पटनास्थित सरकारी इन्जिनियरको घरमा अनुगमन विभागको टोलीले छापा मारेको छ ।
विभागले इन्जिनियर सञ्जयकुमार रायको घरमा छापा मार्दा ३.६ करोड भारतीय रुपैयाँ (करिब ६ करोड नेपाली रुपैयाँ) बराबरको नगद तथा गरगहना फेला परेको छ । विभागको टोलीले करिब १ करोड भारतीय रुपैयाँ नगद र अढाई करोड रुपैयाँभन्दा बढीको गरगहना फेला पारेको एक स्रोतले जनाएको छ ।
विभागको टोलीले उनको घरबाट केही महत्वपूर्ण कागजातहरूसमेत फेला पारेको छ । इन्जिनियर रायको पोस्टिङ किशनगञ्जमा छ । अनुगमन विभागको टोलीले उनले गैरकानूनी रूपमा धन आर्जन गरेको आशंकामा छापा मारेको थियो ।
अनुगमन विभागका डीएसपी अरुणकुमार पासवानको नेतृत्वमा उनको घरमा शनिवार छापा मारिएको थियो । पटना र अन्य ठाउँमा पनि छापा मार्ने काम भइरहेको जनाइएको छ । उनी पटनास्थित ग्रामीण निर्माण विभागमा इन्जिनियरका रुपमा कार्यरत थिए ।
© 2026 All right reserved to shantinepal.com | Site By : SobizTrend