• मंगलबार, भाद्र ३० २०८३ | Tuesday 15th September 2026

रूसले सशस्त्र बलमा थप १ लाख ३७ हजार सैन्य कर्मचारी भर्ती गर्ने


  • शान्ति नेपाल
  • शुक्रबार, भाद्र १० २०७९

रूसले आफ्नो सैन्य संख्या १० प्रतिशत बढाउने भएको छ।युक्रेनविरूद्ध ६ महिनादेखिको लामो युद्ध गरिरहेको रूसले आफ्नो सैन्य संख्या बढाउन लागेको हो।

राष्ट्रपति भ्लादिमिर पुटिनले आगामी महिनाभित्र देशको सशस्त्र बलमा थप १ लाख ३७ हजार सैन्य कर्मचारी भर्ती गर्ने कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन्।अहिले रुसमा १० लाखभन्दा बढी सैन्य कर्मचारी र करिब नौ लाख नागरिक कर्मचारी छन्।

पछिल्लो समय रूसले देशभर ठूलो नगद प्रोत्साहनसहित सैन्य भर्ती अभियान तीव्र पारिरहेको छ।रूसी राष्ट्रपतिको कार्यालयले रसियन भाषामा प्रकाशित गरेको आदेश अनुसार रूसी सङ्घको सशस्त्र बलको सङ्ख्यात्मक आकार ११ लाख ५० हजार ६ सय २८ सैन्य कर्मचारीसहित २० लाख ३९ हजार ७५८ मा सीमित गरिनुपर्ने प्रावधान छ।

हालको सैन्य कर्मचारीको सीमा १० लाख १३ हजार ६२८ तय गरिएको छ।अध्यादेशले यसका लागि सङ्घीय बजेटबाट रकम उपलब्ध गराउन सरकारलाई आग्रह गरेको छ जुन सन् २०२३ को जनवरीदेखि लागू हुनेछ।यद्यपि, थप सैन्य सङ्ख्या स्वयंसेवकहरू लिएर बढाइन्छ वा बलपूर्वक भर्ती गरेर भन्ने कुरा स्पष्ट नभएको एक स्रोतले जनाएको छ ।

युक्रेनविरुद्ध लडाइँको लागि आम मानिसको उत्साहको स्तर निकै कम देखिनुलाई आवश्यक वा माग गरिएको सङ्ख्या अनुरूप सेना भर्ती गराउन गाह्रो हुने आशंका गरिएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

ताजा अपडेट

© 2026 All right reserved to shantinepal.com  | Site By : SobizTrend