• बुधबार, भाद्र ३१ २०८३ | Wednesday 16th September 2026

३२ वटै वडामा अवैध रूपमा निर्माण भएका संरचना बाँकी राखिने छैनः काठमाडौं महानगर


  • शान्ति नेपाल
  • बिहिबार, भाद्र ९ २०७९

काठमाडौं महानगरपालिकाले अवैधरूपमा निर्माण भएका र सार्वजनिक जग्गा मिचेर निर्माण गरिएका सम्पूर्ण संरचना भत्काउने काम निरन्तर जारी राख्ने भएको छ ।

‘यो अभियानको रूपमा सञ्चालन गर्ने हो, कामपाको ३२ वटै वडामा अवैध रूपमा निर्माण भएका संरचना बाँकी राखिने छैन’, कामपा प्रमुख बालेन शाहको सचिवालय सदस्य सुनिल लम्सालले भने। नक्सा पास नगरी निर्माण भएका र नक्सा पासअनुरुप निर्माण नगरिएका दुवै संरचना हटाइने उनले बताए। ‘संरचना निर्माणको सम्बन्धमा पहिला कागजपत्र देखाउन सम्बन्धित व्यक्तिलाई आग्रह गर्ने र कागजातअनुरुप गलत प्रमाणित भए थप कानुनी प्रक्रिया अघि बढाइने छ’, उनले भने।

सोही क्रममा बुधबार सुन्धरास्थित काठमाडौं मलको आसपासमा निर्माण भएका अनधिकृतरुपमा बनाइएको संरचनामा डोजर लगाएर भत्काइएको छ। त्यसैगरी प्रमुख शाहको उपस्तिथिमा न्यूरोडस्थित आरबी कम्प्लेक्सले बनाएका अनधिकृत संरचना पनि डोजर लगाएर भत्काइएको छ। बुधबारनै प्रमुख शाहले दरबारमार्ग पुगेर अनधिकृत संरचना हटाउन निर्देशन दिएका थिए।यसअघि कामपाले जारी गरेको ३५ दिने सार्वजनिक सूचनाको वेवास्ता गरेपछि बुधबारदेखि अवैध संरचना भत्काउने काम सुरू गरेको हो।

उक्त कार्य सुरु गरेसँगै आगामी दिनमा पार्किङको समस्या समाधानसँगै ट्राफिक व्यवस्थापनमा सहयोग पुग्ने कामपाको विश्वास छ। ठूला ठूला मल बनाउने र पार्किङका लागि निर्धारण गरिएको स्थान महँगो भाडामा लगाइएकाले कामपाले यस किसिमको कदम चालेको जनाएको छ।अहिले साङ्केतिक रूपमा रुपमा केही संरचना भत्काइएको हो, यसैगरी अटेरी गर्दै गए आगामी दिनमा यस्ता कयौँ संरचना भत्काउनुपर्ने महानगरले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

ताजा अपडेट

© 2026 All right reserved to shantinepal.com  | Site By : SobizTrend