शान्ति नेपाल
युक्रेनले स्वतन्त्रता दिवसमा सार्वजनिक कार्यक्रमहरु गर्न प्रतिबन्ध लगाएको छ।
सोभियत शासनबाट मुक्त भएको दिनको सम्झनामा युक्रेनले अगस्ट २४ लाई राष्ट्रिय स्वतन्त्रता दिवसका रुपमा मनाउँदै आएको छ। तर भोलि पर्ने ३१औँ स्वतन्त्रता दिवसमा भने कुनै पनि सार्वजनिक कार्यक्रम नगर्न र सडकमा ननिस्किन राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आग्रह गरेका छन्।
उनले स्वतन्त्रता दिवसका दिन रुसले खराब आक्रमणको तयारी गरिरहेको आशंका रहेकाले कोही पनि घरबाहिर ननिस्किन आह्वान गरेका हुन्। त्यहाँ आजदेखि बिहीबारसम्मकै लागि आम मानिसलाई सडकमा निस्किन प्रतिबन्ध लगाइएको छ।पछिल्लो समय रुसले राजधानी किभ, अर्को चर्चित सहर खार्किभ लगायतका ठाउँमा लामो दूरीका मिसाइल आक्रमण गरिरहेको छ।
© 2026 All right reserved to shantinepal.com | Site By : SobizTrend