शान्ति नेपाल
प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मिति तय भएसंगै देशै भरीबाट उम्मेदवारी घोषणा गर्ने लहर चलिरहेको छ ।
उम्मेदवारी घोषणा गर्नेमा बिशेषगरी लामो समय सामाजिक सेवामा सकृय रहेका युवाहरु अगाडी रहेका छन् ।
नेपालको राजधानि मात्र नभएर राजनितिको पनि मुख्य केन्द्रबिन्दु रहेको काठमाडौं बाट यतिबेला धमाधम उम्मेदवारी घोषणा गर्ने क्रम बढीरहेको छ ।
धेरै युवाहरुले स्वतन्त्र रुपमा आफ्नो उम्मेदवारी घोषणा गरीरहेका छन् ।
सानै उमेरबाट राजनिति तथा समाजसेवामा सकृय युवा अभियन्ता मुुकन्द सिलवालले पनि आगामी मंसिर ४ मा हुने भनिएको प्रतिािधि सभा निर्वाचनमा काठमाडौं क्षेत्र नं. ६ बाट आफु उम्मेदवार बन्ने घोषणा गरेका छन् ।
राज्यसत्ता संचालनको मुख्य स्थानमा युवाहरुको पहुँच नपुगे सम्म यो देशले बिकासको नयाँ मोडल ल्याउन नसक्ने भन्दै यो क्षेत्रमा आफ्नो उम्मेदवारी अनिवार्य रहेको सिलवालले बताएका छन् ।
सामाजिक रुपान्तरणको लागि फोहरमैला सरसफाइ देखि काठमाडौं उपत्यका सडक बिस्तार पडितहरुको आन्दोलन , एमसिसि बिरुद्धको ८ दिने उपत्यका ब्यापि शान्ति पुर्ण पैदलयात्रा लगायतका संघर्षको कार्यक्रममा अग्रपंतिमा रहेर भुमिका निर्वाह गरेका सिलवालले यो देश र जनताको लागि आफ्नो उम्मेदवारी अनिवार्य रहेको बताएका छन् ।
पछिल्लो समय स्वतन्त्र नागरिक वातावरण सफाइ अभियान माफर्त सामाजिक यात्रालाई अगाडी बढाएका सिलवालले अरु पार्टीले जस्तै १०० पेजको घोषणा पत्र बनाउने तर १ पेज पनि कार्यन्वयन नहुने परम्परालाई अन्त्य गर्न आम नागरिकको आवश्यकता अनुसार फिल्डमै योजना बनाउने र त्यहिँ बसेर कार्यन्वयन प्रकृया अगाडी बढाउने गरि छोटो र ब्यबहारिक प्रतिबद्धताहरु जारी गर्ने सोचमा रहेको बताएका छन् ।
© 2026 All right reserved to shantinepal.com | Site By : SobizTrend