• मंगलबार, भाद्र ३० २०८३ | Tuesday 15th September 2026

रुसद्धारा खार्किभमा हमला, ६ को मृत्यु, १६ घाइते


  • शान्ति नेपाल
  • बिहिबार, भाद्र २ २०७९

रुसले पुनः युक्रेनको खार्किभ शहरमा हमला गरेको छ । उक्त हमलामा परि कम्तीमा ६ जनाको मृत्यु भएको छ । बुधबार भएको उक्त हमलामा अन्य १६ जना घाइते भएका छन् । युक्रेनका राष्ट्रपतिले भोलोदिमिर जेलेन्स्कीले उक्त हमलालाई घृणित र निन्दनीय बताएका छन् ।

हमलामा एउटा फ्ल्याटका ब्लक पूर्ण रुपमा ध्वस्त भएको बताए । आक्रमणको कुनै औचित्य नभएको र यसले अतिक्रमणकारीको शक्तिहीनता प्रदर्शन गरेको बताए । आक्रमणको बदला लिने पनि उनले चेतावनी दिएका छन् ।

‘हामी माफ गर्दैनौं, हामी बदला लिनेछौं’, राष्ट्रपतिले भने । विस्फोटपछि उत्तरपूर्वी सहरको उक्त फ्ल्याटको ब्लकमा आगो लागेको एक स्रोतले बताएको छ ।यसअघि उक्त हमलामा तीन जनाको ज्यान गएको र १० जना घाइते भएको क्षेत्रीय गभर्नर ओलेग सिनेगुबोभले बताएका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

ताजा अपडेट

© 2026 All right reserved to shantinepal.com  | Site By : SobizTrend