• सोमबार, भाद्र २९ २०८३ | Monday 14th September 2026

पानीमा डुबेर ३ बालबालिकाको मृत्यु


  • शान्ति नेपाल
  • बुधबार, असार २९ २०७९

रुपन्देहीमा पानीमा डुबेर ३ बालबालिकाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा रूपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिका-५ पिपरहवा बस्ने फलउदिन ईनरियाकी छोरी ५ वर्षीया मुस्कान खातुन र सोही ठाउँ बस्ने मोहागुल्लाह ईनरियाकी छोरी ३ वर्षीया जयनम ईनरिया रहेका छन् उनीहरुको खेल्ने क्रममा घरबाट १ सय ५० मिटर टाढा रहेको माछा पोखरीको पानीमा डुबेर मृत्यु भएको हो ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।त्यस्तै रुपन्देहीकै समरीमाई गाउँपालिका–५ दुबेथुमिवा बस्ने रोहित चाईकी छोरी ३ वर्षीया सिर्जना चाई सोही ठाउँ स्थित तिनाउ नदीमा मृत अवस्थामा फेला परेकी छन् । बुबाआमा खेतमा गएको बेला उनको नदीमा डुबेर मृत्यु भएको अवस्थामा उनको शव फेला परेको प्रहरीको भनाइ छ ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

ताजा अपडेट

© 2026 All right reserved to shantinepal.com  | Site By : SobizTrend