शान्ति नेपाल
युक्रेन र मस्कोले शनिबार एकअर्कालाई दक्षिणपूर्वी युक्रेनको जापोरिज्जिया आणविक प्लान्टमा आक्रमण गरेको आरोप लगाएका छन्। उक्त आणविक प्लान्टमा गत साता बारम्बार गोलाबारी गरिएको थियो।
उक्त आक्रमण गरिएको जापोरिज्जिया युरोपकै सबैभन्दा ठूलो आणविक प्लान्ट हो।प्लान्टलाई मार्चदेखि रुसले नियन्त्रणमा लिएको छ। उक्त प्लान्टमा सयौं सेना तैनाथ गरेको र हतियार भन्डाणर गरेको युक्रेनले रुसमाथि आरोप लगाएको छ। ‘इनरगोदारको सडकमा आफ्नो उपस्थिति सीमित गर्नुहोस।
रुसी अतिक्रमणकारीको नयाँ उत्तेजनाबारेमा जानकारी प्राप्त गरेका छौं’, युक्रेनको आणविक एजेन्सी एनरगोआटमले भनेको छ। आफूमाथि लाग्दै आएको आरोप रुसले अस्वीकार गरेको छ। युक्रेनी सेनाले प्लान्टमा हमला गरेको रुसी सेनाको दाबी छ।
© 2026 All right reserved to shantinepal.com | Site By : SobizTrend