• शनिबार, कार्तिक २९ २०८३ | Saturday 14th November 2026

बङ्गलादेशका सरकारी वकिलले भने-हसिना फर्किए फाँ*सी हुनेछ


  • शान्ति नेपाल
  • बुधबार, कार्तिक २६ २०८३

२५ कात्तिक, ढाका । बङ्गलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिना आफ्नो देश फर्कने प्रयास गरिरहेकी छन्। यसैबीच, बङ्गलादेशका प्रमुख सरकारी वकिल मोहम्मद अमिनुल इस्लामले मङ्गलबार हसिना देश फर्किएमा उनलाई मृत्युदण्ड दिइने बताएका छन्। उनीसँग अब कुनै विकल्प बाँकी नरहेको इस्लामको भनाइ छ।

हसिनाका वकिलहरूले हिजो अर्थात् नोभेम्बर ९ मा दिल्लीस्थित बङ्गलादेशको उच्चायोगलाई इमेल पठाएर उनका लागि नयाँ पासपोर्ट र राष्ट्रिय परिचयपत्र जारी गर्न माग गरेका थिए। तर बङ्गलादेश सरकारले यो माग खारेज गरिदिएको छ।

शेख हसिनालाई विद्यार्थी आन्दोलन दबाएको आरोपमा बङ्गलादेशको अदालतले नोभेम्बर २०२५ मा मृत्युदण्डको सजाय सुनाएको थियो। हसिनाले भने यस मुद्दालाई मजाक भन्दै आफूमाथिका आरोपहरू अस्वीकार गर्दै आएकी छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

ताजा अपडेट

© 2026 All right reserved to shantinepal.com  | Site By : SobizTrend