शान्ति नेपाल
काठमाडौँ । नेपाल शिक्षक महासंघले फेरि आन्दोलन घोषणा गरेको छ ।
अघिल्लो वर्ष काठमाडौँका सडकमा उत्रेर ठूलो आन्दोलन गरेको महासंघले त्यतिबेलाका सहमति अहिलेसम्म कार्यान्वयन नभएको भन्दै पुन आन्दोलनमा उत्रने घोषणा गरेको हो । महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीकाअनुसार त्यतिबेला सरकारसँग भएको ९ बुँदे सहमति कार्यान्वयनको मागसहित आन्दोलनमा जाने निर्णय महासंघले गरेको हो । हासंघले विगतमा भएका सहमतिका आधारमा अग्रगामी विद्यालय शिक्षा ऐन जारी हुनुपर्ने, विद्यालय कर्मचारी, प्रारम्भिक बालविकास कक्षाका शिक्षक तथा संघीय सिकाइ अनुदानका शिक्षकका लागि तलब वृद्धि, प्रोत्साहन भत्ता र महँगी भत्ताको व्यवस्था गर्नुपर्ने, स्थायी शिक्षकको बढुवा, नयाँ सेवा प्रवेश गरेका शिक्षकलाई सहज सरुवाको व्यवस्था, दशौँ संशोधित शिक्षा नियमावलीका कारण विभिन्न समस्या सिर्जना समाधान गर्नुपर्ने माग राखेका छन् ।
महासंघले भदौबाट आन्दोलन सुरु गर्दैछ ।
भदौ ५ गते जिल्ला सदरमुकाममा विरोधसभा, भदौ १२ गते सडक केन्द्रीत धर्ना, भदौ २० गते विद्यालय बन्द गरी शैक्षिक हड्ताल, भदौ २४ गते काठमाडौँ केन्द्रीत आन्दोलन गरेर विशाल र्याली र आन्दोलन कार्यक्रम गर्ने तयारी महासंघको छ ।
महासंघले शिक्षकको सम्मान, शिक्षाको गुणस्तर र हकअधिकारका सुनिश्चितताका लागि हाम्रो आन्दोलन, हाम्रो अधिकार भन्ने नारा दिएको छ ।
© 2026 All right reserved to shantinepal.com | Site By : SobizTrend