शान्ति नेपाल
काठमाडौँ । शिक्षामन्त्री सस्मित पोखरेलबिरुद्ध युवाहरुले प्रदर्शन गरेका छन् ।
त्रिभुवन बिश्वविद्यालयको ६७ औँ वार्षिक दिवस समारोहमा सहभागी हुन कीर्तिपुर पुग्नुभएका मन्त्री पोरखेल बिरुद्ध युवाहरुले प्रदर्शन गरेका हुन् । नेपो बेबी मुर्दावाद’ लगायतका नारा लगाउँदै प्रदर्शनमा उत्रिएपछि केहि युवाहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
उनीहरुले विश्वविद्यालयमा राजनीतिक हस्तक्षेप बन्द गर्नमा माग गरका छन् भने मेरिटोक्रेसी लागू गर्न समेत माग गरेका छन् । विश्वविद्यालयहरुको कुलपतिमा प्रधानमन्त्री र सहकुलपतिमा शिक्षामन्त्री हुने व्यवस्था समेत खारेज गर्नुपर्ने उनीहरुको भनाइ छ ।
© 2026 All right reserved to shantinepal.com | Site By : SobizTrend