• सोमबार, भाद्र २९ २०८३ | Monday 14th September 2026

ट्रकमा स्कुटर ठोक्किँदा स्कुटरमा सवार दुई जनाको मृत्यु


  • शान्ति नेपाल
  • सोमबार, असार ८ २०८३

८ असार, काठमाडौं । चितवनको भरतपुर महानगरपालिका-१५ मा ट्रकमा स्कुटर ठोक्किँदा २ जनाको मृत्यु भएको छ ।

चितवनको भरतपुर महानगरपालिका-१५ स्थित अतिथि पार्टी प्यालेस नजिक सडकमा ना५ ख ५८१६ नम्बरको ट्रकमा बा.प्र-०६-००४ प ७२४८ नम्बरको स्कुटर ठोक्किएर दुर्घटना भएको थियो ।सोमबार बिहान भएको दुर्घटनामा स्कुटरमा सवार २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरूमा स्कुटर चालक सोही महानगरपालिका-२६ दिव्यनगरका २२ वर्षीय अशोक भण्डारी र स्कुटरमा सवार सोही महानगरपालिका-२० बस्ने लमजुङ घर भएका १९ वर्षीय राजीव गुरूङ रहेका छन् ।

दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको भरतपुर सरकारी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएर दुर्घटनाबारे थप अनुसन्धान गरिरहेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

ताजा अपडेट

© 2026 All right reserved to shantinepal.com  | Site By : SobizTrend