शान्ति नेपाल
{"source_type":"vicut","data":{"os":"ios","source_type":"vicut","pictureId":"F846C794-9EC0-4A29-A573-61C89B87BC9D","appVersion":"16.8.0","enterFrom":"new_image","product":"vicut","editType":"image_edit","source_platform":"mobile_1","capability_name":"capcut_photo_editor","region":"NP","client_key":"aw889s25wozf8s7e"},"tiktok_developers_3p_anchor_params":"{"pictureId":"F846C794-9EC0-4A29-A573-61C89B87BC9D","appVersion":"16.8.0","source_platform":"mobile_1","enterFrom":"new_image","source_type":"vicut","editType":"image_edit","os":"ios","capability_name":"capcut_photo_editor","product":"vicut","client_key":"aw889s25wozf8s7e","region":"NP"}"}
बुटवल ।
मतदाताले ठीक एक हप्तापछि हुने निर्वाचनको परिणामले ल्याउनसक्ने संभावित आशाका अनमोल क्षण कुरिरहेका छन् । जतिबेला मतदानको बाकसमा आशा र निराशाको अभिव्यक्ति कैद हुने खतरा उत्तिकै छ ।
नेपाली कम्युनिष्ट पार्टीका तारा चिह्नका उम्मेदवार रुपन्देही क्षेत्र नं– २ का उम्मेदवार बिश्वदीप पाण्डे ‘सुभाष’ले सन्निकटको निर्वाचनले गतिहिन र अस्थिर समाजलाई गतिशील र स्थिर बनाउने आशा लिएका छन् । आशावादले नै व्यक्ति, समाज र देशमा सुखद र सुन्दर भविष्यको खाका कोर्न सकिने उनी बताउँछन् ।
‘यतिबेला नेताहरुले केही गर्न सकेनन्, केही गर्न पनि सकिँदैन जस्तो एउटा डरलाग्दो भाष्य बनाइएको छ,’ उम्मेदवार विश्वदीपले भने, ‘यहाँ केही हुँदैन, केही गर्न सकिँदैन भन्ने भाष्य चिर्नै पर्दछ, यसमा मेरो भूमिका रहनेछ ।’
विश्वदीपले आफ्नो निर्वाचन क्षेत्रको विकासका लागि प्रतिवद्धता पत्र सार्वजनिक गरिसकेका छन् । नागरिकको जीवनसँग प्रत्यक्ष सरोकार राख्ने ती बूँदा कार्यान्वयन गर्न सक्ने हो भने समाजमा विद्यमान धेरै निराशा चिरिने छन् । चुनावी प्रतिवद्धतापत्र मार्फत् उम्मेदवार विश्वदीपले शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार, कलकारखाना र कृषि आदीमा जनताका सपना उमार्न, हुर्काउन र जीवन बदल्न खोजेका छन् । त्यस्तो अनुभुती जनतालाई तब हुन्छ, जब नागरिकमा सरकार र जनप्रतिनिधिप्रति आशा र भरोशा जाग्छ ।
उनी भन्छन्– ‘पुरानै सोँच, पुरानै परम्परा, पुरानै नियम र पुरानै व्यवहारबाट जनताको आशा हुर्काउन सकिँदैन । देशलाई एकतावद्ध बनाउदै टुक्रिएका मनहरुलाई जोड्न मेरो अधिकतम पहल रहनेछ ।’
उनले भने झैँ विगतमा आशा र भरोशा गरिएका नेताहरु र पार्टीबाट धोका पाउँदा जनतामा निराशा छाएको हो । निराशावाद चरमचुलीमा पुग्नुको एउटा कारण नेताहरुको जीवनशैली र व्यवहार पनि हो ।
‘देशमा अहिलेको अवस्था आउनुको पछाडी थुप्रै कारण छन । तर त्यति धेरै बलिया कारण छैनन्’ उनले भने, ‘निराशा आउनुको खास कारण भ्रष्टाचार, कुशासन, बेरोजगारी, महंगी र नातावाद एवं कृपावाद हो । मूल जड यिनै हुन् ।’
राज्यका सामु थपिएका अनेकौं चुनौतीको कानूनी प्रवन्ध र दबाब सिर्जना गर्न आफ्नो उम्मेदवारी रहेको उनले बताए ।
नागरिकले अहिले आर्थिक, राजनीतिक र सामाजिक जीवनको कष्टपूर्ण अवस्थाबाट बदलाव चाहेका छन् । उम्मेदवारका रुपमा जनतासंगको अन्र्तक्रिया, प्रतिक्रिया, आक्रोश, सुझाव, सल्लाह र मायाबाट आफूले मनोभावना थप बुझ्न पाएको अनुभूति उनले सुनाए । तर चुनावी तयारीका कारण धेरै कुरा जनतालाई बताउन नपाएकाले मिडियाको सहारा लिनु परेको उनको गुनासो छ ।
अबका दिनमा निजी क्षेत्रलाई पनि विश्वासमा लिनुपर्ने अनिवार्य आवश्यकतामा उनले जोड दिए । ‘निजी क्षेत्रलाई विश्वासमा लिएर मात्रै मूलुकमा विकास संभव छ । जनतामा अझै पनि परिवर्तनको तृष्णा छ । मर्न दिनु हुँदैन,’ उनले भने । जनतामा आशा जगाउने दायित्व निवौचनपछि नेतृत्वमा आउने पाण्डेको भनाई थियो ।
एक हप्तापछिको मतदान र त्यसको केही दिनमा देशले नयाँ नेतृत्व पाउने छ । नागरिकले आ–आफ्नो निर्वाचन क्षेत्रमा नयाँ जनप्रतिनिधि पाउने छन् । तर नागरिकले त्यस्तो जनप्रतिनिधि चाँहेका छन्, जसले आशा जगाउने आट र विकास दिलाउने नेतृत्व गर्न सकोस । आशा जगाउन सक्दा बाध्यतावस जन्मभूमि छाडेकाहरु निर्धक्क गाँउ फर्किन सकूँन । यही चाहना हुर्काउदै विश्वदीप घरदैलो गरिरहेका छन् ।
त्यसैले धमिलिएको देशको राजनीतिलाई सङ्गलो बनाउन मुहानदेखि सफा गर्ने आट, जाँगर र जोश बोकेका उम्मेदवारलाई मतदान गरेर विजयी बनाउने ऐतिहासिक र महत्वपूर्ण जिम्मेवारी मतदाताको काँधमा आएको छ । सपना रोप्ने र उमार्ने बेलामा ध्यान दिईएन भने सपना हुर्काउन र जीवन बदल्न सम्भव छैन । खुसीका अनमोल क्षण कुरिरहेका मतदाताले नभूँलून्, आफ्ना सपना हुर्काउने असल प्रतिनिधि भीडमा नभएको हुन पनि सक्दछ ।
© 2026 All right reserved to shantinepal.com | Site By : SobizTrend