• सोमबार, भाद्र २९ २०८३ | Monday 14th September 2026

“म झुक्न दिन्न मेरो देशको झण्डा” अब औपचारिक रुपमा दर्शकमाझ आउँदै


  • शान्ति नेपाल
  • बुधबार, फाल्गुन ६ २०८२

नेपाली सांगीतिक क्षेत्रमा देशभक्तिको भावनाले भरिएको नयाँ गीत सार्वजनिक हुने तयारीले माहोल तातेको छ। एक्टिभ ईन्टरटेनमेन्टको प्रस्तुति रहने बहुप्रतीक्षित गीत “म झुक्न दिन्न मेरो देशको झण्डा” अब औपचारिक रुपमा दर्शकमाझ आउँदैछ। लामो समयको पर्खाइपछि सार्वजनिक हुन लागेको यस गीतले राष्ट्रप्रेम, स्वाभिमान र एकताको सशक्त सन्देश दिने अपेक्षा गरिएको छ।

गीतका शब्द  गीतकार डि.बि. पराजुलीले सिर्जना गरेका हुन् भने स्वरमा रुपक डोटेलमेनुका राईले जीवन्तता दिएका छन्। संगीत संयोजनमा बिजेन्द्र नौबागेको मेहनत रहेको छ भने एरेन्जरका रूपमा सुनिल परियारले विशेष योगदान दिएका छन्।

म्युजिक भिडियोमा पनि कलाकारहरूको सशक्त उपस्थिति रहनेछ। मुख्य कलाकारका रूपमा बिजेन्द्र नौबागे, सैलेश ठकुरी, सुसिला तामाङ, पबित्रा अर्याल (पबि) देखिनेछन्। त्यस्तै, सामाजिक अभियन्ताहरू लिला खनाल, एकराज सुबेदी, दिपिका खनाल, रोज बहादुर तामाङ, सुनिता थापा, के.बि. खाती, लक्ष्मण श्रेष्ठ, कल्पना श्रेष्ठ, जित बहादुर हमाल, उत्तम घिमिरे र सुन्दर खनाल अतिथि कलाकारका रूपमा सहभागी भएका छन्। बाल कलाकारहरू मन्दिप सिलवाल, स्मिथ विक्रम पराजुली, फियोना ठकुरी, ईज्ना ठकुरी र आयन थापाले पनि भिडियोमा विशेष आकर्षण थप्नेछन्।

यस गीतको नृत्य निर्देशन तथा निर्देशन दिपेश एस.के.ले गरेका हुन् भने सम्पादन प्रेम शर्मा पौडेलले गरेका छन्। छायांकन केशव अधिकारी र कृष्ण बहादुर महराले सम्हालेका छन्। मेकअप आर्टिस्ट प्रमिला सुनाम, मिक्सिङ डिका गुरुङ, कलरिस्ट जोन राई तथा रेकर्डिस्ट मदन नेपाली (सुफिक्स)को समेत महत्वपूर्ण भूमिका रहेको छ।

गीतको रेकर्डिङ एरिका रेकर्डिङ स्टुडीयोमा सम्पन्न गरिएको हो। निर्माण कार्यमा फोटो नेपाल, माईती लिक्वीड डिसवास, पत्रकार तथा सामाजिक अभियन्ता राजन थापा, मिलन कुमार दोङ (अमेरिका) र युवा व्यवसायी रुपेश तामाङ (काभ्रेपलाञ्चोक)को साथ रहेको छ।

गीतको लोकार्पण कार्यक्रम २०८२ फागुन ७ गते साँझ ४ बजे सिन्की भान्छाघरमा आयोजना हुने भएको छ, जुन स्टारमलसँगै अवस्थित छ।

देशभक्तिले भरिएको यो सिर्जना सार्वजनिक भएपछि नेपाली सांगीतिक क्षेत्रमा नयाँ उत्साह थपिने विश्वास गरिएको छ। राष्ट्रप्रेम र स्वाभिमानलाई केन्द्रमा राखेर तयार गरिएको “म झुक्न दिन्न मेरो देशको झण्डा” ले दर्शक–श्रोताको मन जित्ने मात्र होइन, देशप्रतिको भावना झन् प्रगाढ बनाउने अपेक्षा गरिएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

ताजा अपडेट

© 2026 All right reserved to shantinepal.com  | Site By : SobizTrend