• सोमबार, भाद्र २९ २०८३ | Monday 14th September 2026

काठमांडौ जिल्लाका नौ क्षेत्रमा निर्वाचन गराउने जिम्मा महिला निर्वाचन अधिकृतलाई!!!


  • शान्ति नेपाल
  • बुधबार, माघ १४ २०८२

{"source_type":"vicut","data":{"source_type":"vicut","os":"ios","source_platform":"mobile_1","editType":"image_edit","product":"vicut","region":"NP","appVersion":"16.4.0","client_key":"aw889s25wozf8s7e","pictureId":"E4346461-ACD1-4BBE-A35A-F3BD253977D2","capability_name":"capcut_photo_editor","enterFrom":"new_image"},"tiktok_developers_3p_anchor_params":"{"source_type":"vicut","appVersion":"16.4.0","client_key":"aw889s25wozf8s7e","os":"ios","enterFrom":"new_image","editType":"image_edit","source_platform":"mobile_1","product":"vicut","region":"NP","pictureId":"E4346461-ACD1-4BBE-A35A-F3BD253977D2","capability_name":"capcut_photo_editor"}"}

काठमांडौ-आगामी फागुन २१ गतेका लागि निर्धारित प्रतिनिधिसभा सदस्यको निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको छ।

काठमाडौँ सबैभन्दा बढी निर्वाचन क्षेत्र भएको जिल्ला हो। यहाँ १० वटा निर्वाचन क्षेत्र छन्। प्रत्येक निर्वाचनमा काठमाडौँका १० वटै निर्वाचन क्षेत्रको चर्चा विशेष रहन्छ । यसपटक पनि राजनीतिक दलहरु यी निर्वाचन क्षेत्रमा आफ्नो बलियो उपस्थिति कायम गर्न हरसम्भवले प्रयास गरिरहेका छन्।

अझ जेनजी आन्दोलनका कारण हुन लागेको निर्वाचनले अझ विशेष बनेको छ। त्यसको जिम्मेवारी सरकारले महिला निर्वाचन अधिकृतको काँधमा सुम्पेको छ।

महान्यायधिवक्ताको कार्यालयका उपन्यायाधिवक्ता शान्ति न्यौपानेले काठमाडौँ क्षेत्र नं २ को निर्वाचन अधिकृतको भूमिका निर्वाह गरेकी छन्।

निर्वाचन आयोगका अनुसार उच्च सरकारी वकिल कार्यालय पाटनका उपन्यायाधिवक्ता कृष्णा भण्डारी काठमाडौँ–४ मा र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका उपसचिव श्रद्धा रिजाल काठमाडौँ–५ मा मुख्य निर्वाचन अधिकृत हुन्।

साथै उच्च सरकारी वकिल कार्यालय, पाटनका उपन्यायाधिवक्ता चपला पोखरेलले काठमाडौँ–६ मा, आन्तरिक राजस्व विभागका उपन्यायधिवक्ता सविता शर्मा काठमाडौँ–७ मा, रक्षा मन्त्रालयका उपसचिव सम्झना खनाल काठमाडौँ–८ मा, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका उपसचिव मेनुका घिमिरेमा काठमाडौँ–९ र सर्वोच्च अदालतका उपरजिस्ट्रार अमृताकुमारी शर्मामा काठमाडौँ,–१० को मुख्य निर्वाचन अधिकृतका रुपमा काम गरिरेकी छन्।

त्यस्तै, काठमाडौँभन्दा बाहिर पर्सा–४ मा नुतन झा, सिन्धुली–१ मा निमा घिमिरे, नवलपरासी (बर्दघाट)–२ मा सर्वोच्च अदालतका उपरजिस्ट्रार सीता अधिकारी, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका उपसचिव इन्दुदेवी न्यौपाने, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)–१, कास्की–१ मा सर्वोच्च अदालतका इजलास अधिकृत सीता रेग्मीले मुख्य निर्वाचन अधिकृतको भूमिका निर्वाह गरेकी छन।

साथै मकवानपुर–१ मा जिल्ला अदालत मकवानपुरका न्यायाधीश गीता श्रेष्ठ, सिन्धुपाल्चोक–२ मा जिल्ला न्यायाधीश रीताकुमारी बख्रेल र बागलुङ–१ मा जिल्ला न्यायाधीश सीता शर्मा अधिकारी, भक्तपुर–२ मा राधिका सुवाल, ललितपुर–१ मा इशा सुवेदी र ललितपुर २ मा सर्वोच्च अदालतका इजलास अधिकृत सम्झना सिम्खडा पुडासैनी मुख्य निर्वाचन अधिकृत छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

ताजा अपडेट

© 2026 All right reserved to shantinepal.com  | Site By : SobizTrend