• बुधबार, भाद्र ३१ २०८३ | Wednesday 16th September 2026

विद्यालयको ७५औ जन्मोत्सव अवसरमा एसएलसी व्याच २०५५ सम्मानित


  • शान्ति नेपाल
  • बुधबार, पुष ९ २०८२

श्री शारदा माध्यामिक विद्यालय बाह्रबिसेको ७५औ जन्मोत्सव अवसरमा एसएलसी व्याच २०५५ सम्मानित
सिन्धुपाल्चोक । श्री शारदा माध्यामिक विद्यालय बाह्रबिसेको ७५औ जन्मोत्सव अवसरमा एसएलसी व्याच २०५५ सम्मानित भएको छ ।
२०५५ सालमा श्री शारदा माध्यामिक विद्यालय बाह्रबिसेबाट एसएलसी दिएका विद्यार्थीहरुको सामुहिक प्रयासबाट विद्यालयको ७४औं जन्मोत्सवको अवसरमा विद्यालयमा अध्ययनरत आर्थिक अवस्था कमजोर भएका तथा जेहेन्दार विद्यार्थीहरुलाई सहयोग उपलब्ध गराउने उदेश्यका साथ अक्षयकोष स्थापना भएको थियो ।
नव नियुक्त विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अम्बर बहादुर श्रेष्ठ(उमेश)को अध्यक्षतामा भएको कार्यक्रम नेपाली काँग्रेसका केन्द्रीय नेता तथा पुर्व मन्त्री मोहन बहादुर बस्नेतको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।
भर्खरै मात्र नियुक्त भएका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अम्बर बहादुर श्रेष्ठ(उमेश) यहि विद्यालयका एसएलसी व्याच २०५५का विद्यार्थी समेत हुन् ।
यो विद्यालयको एसएलसी व्याच २०५५ समुहका अध्यक्ष समेत रहेका समितिका अध्यक्ष अम्बर बहादुर श्रेष्ठ(उमेश)ले कार्यक्रममा बोल्दै २००८ सालमा विद्यालय स्थापना गर्दा महत्वपुर्ण योगदान पुर्याउनुहुने विर बहादुर खड्का,मोहन नारायाण श्रेष्ठ,विश्व राज श्रेष्ठ र हेमराज श्रेष्ठलाई विद्यालयले कहिल्यै बिर्सन नहुने बताउनु भयो ।
कार्यक्रममा प्रदेश पुर्व वन तथा वातावरण मन्त्री मसिना खड्का(भण्डारी),बाह्रबिसे नगरपालिकाका मेयर बालकृष्ण बस्नेत,उपमेयर मन्जु तामाङ,सिन्धुपाल्चोक उद्योग बाणिज्य संघका अध्यक्ष एवं सफल व्यवसायी बुद्धराज बस्नेत,विद्यालय व्यवस्थापन समितिका पुर्ब अध्यक्ष शम्भु बहादुर तिमल्सिना, जिल्ला शिक्षक संघका अध्यक्ष तारा बहादुर कार्की, विद्यालयका पुर्व प्रधानाध्यापक उद्दबलाल श्रेष्ठको बिशेष आतिथ्य रहेको थियो ।
कार्यक्रममा बाह्रबिसे नगरपालिकाका वडाअध्यक्षहरु बिमल प्रसाद पौड्याल, शेखर बहादुर भण्डारी, जिबनकुमार भण्डारी,श्याम लामा,कृष्ण राय लगायतको आतिथ्य रहेको थियो ।
विद्यार्थीहरुको शैक्षिक सुधारकोलागि यो विद्यालयबाट एसईई दिने विद्यार्थीहरुको लागि निशुल्क कोचिङ क्लास सन्चालन गर्न पुर्व मन्त्री बस्नेतको ठुलो योगदान रहेको भन्दै बस्नेतको चर्चा समेत हुने गरेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

ताजा अपडेट

© 2026 All right reserved to shantinepal.com  | Site By : SobizTrend