शान्ति नेपाल
काठमाडौं । वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकमाथि स्वास्थ्य परीक्षण र अभिमुखीकरण तालिमको नाममा मनपरी शुल्क वृद्धि गरिएको भन्दैनेपाल वैदेशिक रोजगार युवा व्यवसायी संघले सरकारसँग तत्काल निर्णय फिर्ता लिन आग्रह गरेको छ!
संघले श्रमिकको हितविरुद्ध गरिएका हरेक कदमको विरोध गर्दै, शुल्क वृद्धिले आर्थिक रूपले कमजोर पृष्ठभूमिबाट विदेशिन बाध्य हजारौँ युवामाथिअसह्य बोझ थपिने बताएको छ!
संघका अध्यक्ष सुमन राज पाण्डेद्वारा जारी विज्ञप्तिमा वैदेशिक रोजगार व्यवसाय व्यवस्थापन सम्मानजनक रपारदर्शी बनाउनुपर्नेमा पछिल्लो समय श्रम मन्त्रालय, स्वास्थ्य संस्था, सेवा प्रदायक र सम्बन्धित निकायहरूले समन्वयविनै नियम विपरीत निर्णय लिनुअत्यन्त आपत्तिजनक भएको उल्लेख छ!
संघले स्वास्थ्य परीक्षण, तालिम तथा अन्य सेवा शुल्क निर्धारणजस्ता संवेदनशील विषयमा सबै सरोकारवालाबीच सहमति बिना गरिएको कुनै पनिनिर्णय स्वीकार्य नहुने स्पष्ट गरेको छ!
विज्ञप्तिमा हाल लागू गरिएको स्वास्थ्य परीक्षण मापदण्डका नाममा ३४ प्रकारका परीक्षण थपेर शुल्क दोब्बरपारिएको भन्दै यो प्रक्रिया नै श्रमिक शोषणतर्फ उन्मुख रहेको आरोप लगाइएको छ!
संघका अनुसार यद्यपि स्वास्थ्य सेवा गुणस्तरीय हुनु आवश्यकछ, तर वास्तविक परीक्षण लागतभन्दा धेरै गुणा बढी शुल्क तोक्नु अव्यवहारिक तथा अन्यायपूर्ण छ!
संघले वैदेशिक रोजगारका लागि तयारी गरिरहेका युवाहरूलाई थप आर्थिक बोझ नथोपर्न, सेवा तथा शुल्क प्रणालीमा पारदर्शिता कायम गर्न, शुल्कपुनर्मूल्यांकन प्रक्रिया तात्कालै सुरु गर्न र श्रमिकमैत्री नीति बनाउन सरकारलाई आग्रह गरेको छ!
संघले चेतावनी दिंदै भनेको छ— स्वास्थ्य परीक्षण तथा तालिम शुल्क वृद्धि निर्णय तत्काल फिर्ता नभए संघले चरणबद्ध आन्दोलनका कार्यक्रमसार्वजनिक गर्न बाध्य हुनेछ!
नेपाल वैदेशिक रोजगार युवा व्यवसायी संघले वैदेशिक रोजगार क्षेत्रलाई सुरक्षित, पारदर्शी र युवामैत्री बनाउने आफ्नोस्थायी प्रतिबद्धता दोहो¥याउँदै श्रमिकको हक–हित र सेवा प्रणालीको गुणस्तरीयता सुनिश्चित गर्न निरन्तर सचेष्ट रहने प्रतिवद्धता व्यक्त गरेको छ ।संघको महासचिव कृष्ण ढकालले कुनै पनि हालतमा मुल्यबृद्दि हुन नदिने जनाउदै कामदारको रगत पसिना चुस्ने काम गर्न नदिने बताए!!!
© 2026 All right reserved to shantinepal.com | Site By : SobizTrend