• सोमबार, भाद्र २९ २०८३ | Monday 14th September 2026

अर्जेन्टिनाका राष्ट्रपतिमाथि ढुंगा र बोतल प्रहार


  • शान्ति नेपाल
  • बिहिबार, भाद्र १२ २०८२

काठमाडौं ।  अर्जेन्टिनाका राष्ट्रपति जाभियर माईलीलाई मध्यावधि निर्वाचन प्रचारका क्रममा आक्रमण भएपछि सुरक्षा निकायले सुरक्षित स्थानतर्फ लगेका छन्।

बुएनोस आयर्सको लोमास दे जामोरामा चुनावी अभियानका क्रममा गाडीको पछाडिबाट हात हल्लाइरहेका बेला माईलीमाथि प्रदर्शनकारीहरूले ढुंगा र बोतल प्रहार गरेका थिए। कम्तीमा एक ढुंगा गाडीको बोनटमा लागेको र अरू वस्तुहरू पनि उनको टाउकोमाथि फ्याँकिएको देखिएको बताइन्छ।

घटनापछि उनका समर्थक र विरोधीबिच धक्का–मुक्की भएको र एक समर्थकको छातीमा चोट लागेको छ। तर राष्ट्रपति कार्यालयका प्रवक्ता म्यानुअल अडोर्नीले भने कसैलाई गम्भीर चोट नलागेको बताएका छन्।घटनापछि राष्ट्रपति माईलीले सामाजिक सञ्जालमा आफ्नो ‘थम्ब्स अप’ फोटो पोष्ट गर्दै विपक्षीलाई हिंसामा संलग्न भएको आरोप लगाएका छन्। उनलाई प्रहरीले सुरक्षित स्थानतर्फ लगेको थियो।

माईली त्यतिबेला आफ्नी प्रमुख सल्लाहकार तथा बहिनी करिना माईलीसहित अभियानमा सहभागी थिए। उनले समर्थकसँग भेटघाट गर्दै पुस्तकमा हस्ताक्षर गरिरहँदा आक्रमण भएको हो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

ताजा अपडेट

© 2026 All right reserved to shantinepal.com  | Site By : SobizTrend