शान्ति नेपाल
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज मधेश प्रदेश जाँदैछन् । उनी धनुषा र महोत्तरीका कार्यक्रममा सहभागी हुन मधेश जान लागेका हुन् ।
उनी आज बिहान ११ बजे नेपाली सेनाको हेलिकप्टरबाट धनुषा प्रस्थान गर्नेछन् । उनले धनुषामा मधेश प्रहरी कार्यालय उदघाटन र हंसपुरमा बाटो शिलान्यास गर्ने कार्यक्रम रहेको छ ।
त्यसपछि उनी धनुषाबाट महोत्तरी प्रस्थान गर्नेछन् । महोत्तरीमा पनि उनी बाटो शिलान्यासको कार्यक्रममा सहभागी हुनेछन् । सोनमा भन्ने स्थानमा उनले पक्की सडक शिलान्यास गर्ने कार्यक्रम छ ।
धनुषा र महोत्तरीका कार्यक्रममा सहभागी भएर प्रधानमन्त्री ओली आज नै काठमाडौं फर्किने कार्यक्रम छ ।
© 2026 All right reserved to shantinepal.com | Site By : SobizTrend