• सोमबार, भाद्र २९ २०८३ | Monday 14th September 2026

बागमतीका मुख्यमन्त्री बानियाँले विश्वासको मत लिँदै


  • शान्ति नेपाल
  • मंगलबार, साउन २७ २०८२

काठमाडौं ।  बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज विश्वासको मत लिँदैछन् ।बानियाँले विश्वासको मत लिनका लागि आज दिउँसो ४ बजेका लागि प्रदेश सभा बैठक बोलाइएको छ ।

बानियाँलाई विश्वासको मत दिन सत्ता साझेदार दुई दल नेपाली कांग्रेस र नेकपा एमालेले ह्वीप लगाएका छन् ।नेपाली कांग्रेसका प्रदेश सभा सदस्य बानियाँ २० साउनमा मुख्यमन्त्री नियुक्त भएका थिए ।

उनी आफ्नै पार्टीका नेता बहादुर सिंह लामालाई अविश्वासको प्रस्तावले हटाउँदै मुख्यमन्त्री बनेका हुन् ।बानियाँलाई विश्वासको मत दिन सत्ता साझेदार दुई दल नेपाली कांग्रेस र नेकपा एमालेले ह्वीप लगाएका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

ताजा अपडेट

© 2026 All right reserved to shantinepal.com  | Site By : SobizTrend