शान्ति नेपाल
काठमाडौं । साताको कारोबारको पहिलो दिन आज (आइतबार) सुनको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन तोलामा २ सय रुपैयाँले घटेको हो ।जस अनुसार आज छापावाला सुन नेपाली बजारमा प्रतितोला एक लाख ९९ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
शुक्रबार सुनको मूल्य प्रतितोला एक लाख ९९ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।यस्तै, आज चाँदी मूल्य पनि बढेको छ । आज चाँदी २ हजार ३३० रुपैयाँमा कारोबार भइरहेको छ ।
© 2026 All right reserved to shantinepal.com | Site By : SobizTrend