शान्ति नेपाल
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहाको कल्यापुर नगरपालिकाका मेयर राम पुकार साह तेलीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
नगरपालिकाको वडा नम्बर ६ मा निर्माण गरिएको नालाको ठेक्का वापतको भुक्तानी दिनेक्रममा एक लाख रुपैयाँ घुस लिएको ठहर गर्दै अख्तियारले मेयर तेलीविरुद्ध विशेष अदालत, काठमाडौंमा मुद्दा दायर गरेको हो ।
उजुरी निवेदनका आधारमा बर्दिबास कार्यालयबाट खटिएको अख्तियारको टोलीले तेलीलाई बिचौलियामार्फत घुस लिएको रकमसहित यसअघि नै नियन्त्रणमा लिएको थियो ।
© 2026 All right reserved to shantinepal.com | Site By : SobizTrend